नेता ठगुन्नाद्धारा कांग्रेश क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा

दार्चुला । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनका लागि दार्चुला जिल्ला क्षेत्र नम्बर ख बाट युवा नेता जगत सिह ठगुन्नाले सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका स्थानीय बासिन्दा समेत रहनुभएको नेता ठगुन्नाले क्षेत्रीय सभापतीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

विगत लामो समयदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहनुभएका ठगुन्नाले भन्नुभयो, अबको नेतृत्व युवाले पाउनुपर्छ, राजनीतिमा युवाहरुले नेतृत्व गर्न पाए मात्रै देश विकास र परिवर्तन सम्भव छ, समग्र दार्चुलाबासीको हकहितमा काम गर्ने उद्देश्यले आफूले पनि क्षेत्रीय अधिवेशनका लागि दार्चुला जिल्ला क्षेत्र नं ख बाट सभापती पदको लागि उम्मेदवारी घोषणा गरेको उहाँको भनाइ छ। साथै अधिवेशनमा जिताउनका लागि सम्पूर्ण कांग्रेश कार्यकर्ता र पदाधिकारीहरुमा पनि आव्हान गर्नुभएको छ ।

नेपाली कांग्रेशले क्षेत्रीय र जिल्ला अधिवेसनको तयारी गरिरहेको छ । जिल्ला सभापतीका लागि वर्तमान सभापती समेत रहनुभएका नेता ललितसिंह बोहरा, उपसभापती अमरसिह धामी लगायतले दाबी गरेको बताइएको छ । शैल्यशिखर नगरपालिकाका नगरप्रमुख समेत रहनुभएका कांग्रेश जिल्ला उपसभापती धामीले आफुले आसन्न अधिवेसनमा सभापती पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । नेताहरुले विभिन्न पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेर कार्यकर्ताहरुसंग विजयी गराउन अनुरोध गरिरहेका छन् ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा कांग्रेश केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडूले भने दार्चुलामा कांग्रेशको नेतृत्व सहमतिमै चयन हुनुपर्ने धारणा राख्नुभएको छ । नेतृत्वमा सहमति जुट्न नसकेको कारण तथा आवश्यक तयारी नपुगेकै कारण दशैं अगाडी नै गर्ने भनिएको नेपाली कांग्रेशको जिल्ला अधिवेसन अहिलेसम्म हुन सकेको छैन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?