दार्चुला । नेकपा एमाले लेकम गाउँपालिकाको प्रथम अधिवेसन विहिबार सम्पन्न भएको छ । एमालेका तत्कालिन गाउँपालिका कमिटी अध्यक्ष पुष्पराज जोशीको अध्यक्षता एबं नेकपा एमालेका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा अधिवेसन आयोजना गरिएको हो । एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, प्रदेश कमिटी सदस्य हरदेब जोशी, जिल्ला कमिटी सचिवालय सदस्यहरु परमानन्द जोशी, मोहनसिह धामी, दानीराम पार्की लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो ।
अधिवेसनबाट केशबराज बिष्ट (काजी) को अध्यक्षतामा गाउँपालिका कमिटी चयन गरिएको छ । अपाध्यक्षमा हरिसिह साउद र सचिव दिवानसिह कार्की चयन भएका छन् । यस्तै शैल्यशिखर नगरपालिका कमिटी अध्यक्षमा रणबहादुर खत्री चयन हुनुभएको छ ।
नेकपा एमालेले दार्चुलाका नौँ मध्ये आठ वटा स्थानीय तहमा नेतृत्व चयन गर्दै पालिका अधिवेसन सम्पन्न गरेको छ । ६१ वडा रहेको जिल्लामा व्यास गाउँपालिका वडा नम्बर १ बाहेक ६० वडामा वडा अधिवेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । मालिकार्जुन गाउँपालिकामा पालिकास्तरीय अधिवेसन शुक्रबार (आज) आयोजना गरिएको एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकामा नरसिंह चैसीर नगर कमिटी अध्यक्ष चयन हुनुभएको छ । मार्मा गाउँपालिकामा धिरेन्द्रसिह बिष्ट, नौगाड गाउँपालिकामा जनकसिंह ठगुन्ना, व्यास गाउँपालिकामा मंगलसिंह धामी, दुहुँ गाउँपालिकामा जंगबहादुर बम, अपिहिमाल गाउँपालिकामा पोखरसिह रोकाय गाउँपालिका कमिटी अध्यक्ष चयन हुनुभएको नेकपा एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।
दार्चुलाका सबै पालिकामा सासंद, नेकपा एमालेका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा अधिवेसन आयोजना गरिएको छ । एमाले दार्चुलाले जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय गरेको छ । सबै पालिकाको अधिवेसन सम्पन्न गरेर कात्तिक २२ गते खलंगामा अधिवेसन आयोजक कमिटीको बैठक आयोजना गरिने बडालले बताउनुभयो ।
सम्बन्धित समाचारः शैल्यशिखरमा चरम भ्रष्टाचार, जेल जाने डरले उपसचिवले बस्न मानेन, गम्भीर खुलासा र आरोप (भिडियोसहित)







विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया