दुई महिनाभित्र मठैराजमा गाडी गुडाउछौँः अध्यक्ष पाल

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ मठैराजमा विहिबार पाचौं बृहत् साङ्गतिक महोत्सव २०७८ को उद्धाटन भएको छ । आयोजक मठैराज सांस्कृतिक क्लबका अध्यक्ष महेशराज पन्तको अध्यक्षता एबं नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको प्रमुख आतिथ्यता र डिलाशैनी गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराको बिशिष्ट आतिथ्यतामा महोत्सब उद्धाटन भएको हो ।

महोत्सबको उद्धाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि एबं एमाले बैतडी जिल्ला अध्यक्ष पालले दुई महिना भित्र मठैराजमा गाडी गुडाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । डिलाशैनीसहित समग्र डिलाशैनी र बैतडीको विकासका लागि नेकपा एमाले प्रतिबद्ध रहेको उहाँको भनाई छ । उहाँले महोत्सब आयोजना गरेकोमा आयोजकलाई धन्यबाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय भेष भूषा, छलिया नाच, फाग, डुस्को, घुमारी, मठैराज युवा क्लबको बेजोड नृत्य प्रस्तुति संगै स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । महोत्सब सञ्चालनका लागि देश, विदेशबाट सहयोग गर्ने सहयोगी मनहरूलाई विशेष सम्मान गरिने अध्यक्ष पन्तले बताउनुभयो । महोत्सवमा निःशुल्क रूपमा अवलोकन गर्ने व्यवस्था गरिने आयोजकले जनाएको छ ।

मठैराज सांस्कृतिक क्लब २०७१ सालमा दर्ता भएको थियो । उक्त क्लबले विभिन्न सास्कृतिक र सामाजिक कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?