ग्यास सिलिन्डर पड्किँदा एकै परिवारका चार जनाको मृत्यु

दार्चुला । ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । गएराती म्ह पूजा गरिरहेका बेला दियोबाट आगो सुरु भएको र ग्यास सिलिन्डर पड्केपछि चार जनाको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी हुँदा घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, उहाँकी ३५ वर्षीय छोरी अञ्जना ताम्राकार, ३५ वर्षकी बुहारी रचना ताम्राकार र १० वर्षका नाति निर्जल ताम्राकारको ज्यान गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

छोरा ४२ वर्षका नीरज ताम्राकार र ३२ वर्षकी छोरी सिर्जना ताम्राकार घाइते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?