दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु, हत्या आशंकामा आफन्तले दिए निवेदन

दार्चुला । दार्चुला जिल्लामा करेन्ट लागेर एक जना पुरूषको मृत्यु भएको बताइएको छ। मार्मा गाउँपालिका वडा नम्बर ४ बिम्थी बस्ने ३५ वर्षीय प्रेम महराको करेन्ट लागेर मृत्यु भएको बताइएको हो । तर मृतकका आफन्तले भने हत्या आशंकामा अनुसन्धानका लागि प्रहरी कार्यालयमा निवेदन दिएका छन।

मार्मा गाउँपालिका वडा नम्बर २ लामबगरस्थित गणेश सिंह बिष्ट र शेरसिंह बिष्टको घरको दोस्रो तलामा ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मिस्त्री काम गर्ने महराको लटिनाथ स्वास्थ्य चौकी दार्चुलामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ। तर घाइतेको टाउकोमा ठूलो चोट भएकोले हत्या आशंका गरिएको छ।

घटनाबारे थप अनुसन्धानका लागि इप्रका लटिनाथ संगै जिल्ला प्रहरी कार्यालय दार्चुला तथा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?