दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडाललाई पितृ शोक परेको छ । नेता बडालका पिता धन सिंह बडालको ८४ बर्षको उमेरमा कात्तिक २२ गते निधन भएको हो । उहाँको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालकै ससुराबा तथा नेपाल राष्ट्रिय शिक्षक सँगठन दार्चुलाका नेत्री कलावती बडालका पिता रतन सिह खातीको कात्तिक २१ गते निधन भएको छ । बुबा र ससुराबुबाको मृत्यु भएपछि बडाल परिवार शोकमा परेको छ । यस्तै २१ गतेकै दिन मार्मा गाउँपालिका घर भएका नेकपा (एमाले) का संगठित सदस्य युवा व्यवसायी प्रेम सिह महराको पनि मृत्यु भएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।
तीनै जनाको मृत्युप्रति सासंद, पूर्व मन्त्री एबं एमाले नेता गणेशसिंह ठगुन्ना लगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया