नेकपा एसको दार्चुला कमिटी भोली घोषणा हुने, अध्यक्ष माधव नेपाल लगायत नेताहरु आउदै

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दार्चुला जिल्ला कमिटी कात्तिक २४ गते (भोली) घोषणा हुने भएको छ । गोकुलेश्वरबाट २३ गते (आज) कमिटी घोषणा गर्ने योजना भएपनि तयारी नपुगेको भन्दै जिल्ला कमिटी घोषणा कार्यक्रम भोलीका लागि सारीएको हो ।

घोषणा सभालाई सम्बोधन गर्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल दार्चुलाको गोकुलेश्वर आउन लाग्नुभएको छ । गोकुलेश्वरमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपालसहितका नेताहरु गोकुलेश्वर आउने कार्यक्रम रहेको एकीकृत समाजवादी पार्टीले जनाएको छ । दिउँसो १ बजेतिर अध्यक्ष नेपाल हेलिकोप्टर बाट गोकुलेश्वर आउने बताइएको छ । अध्यक्ष नेपालसंगै पोलिटब्युरो सदस्य एबं सरकारका पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले, सुदूरपश्चिम संददीय दलका नेता एबं केन्द्रिय कमिटी सदस्य दिर्घ सोडारी लगायत नेताहरु गोकुलेश्वर आउन लागेको बताइएको छ ।

आज जिल्ला कमिटी चयनको बारेमा छलफल भएपनि सहमति जुट्न सकेको छैन् । जिल्ला कमिटी अध्यक्ष पदका प्रमुख दाबेदार गणेशकुमार जोशी र इन्द्र बिष्टबिच सहमति जुट्न नसकेपछि बिकल्पमा जाने तयारी रहेको नेताहरुले बताएका छन् । दुबै जनालाई प्रदेश कमिटीमा राखेर जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी बिरबहादुर ठगुन्ना (बिरेन्द्र कुमार ठगुन्ना) लाई दिने सहमति भएको नेताहरुको दाबी छ । अरु पदाधिकारीहरुको बिषयमा पनि खाका बनेको र अन्तिम सहमति तथा घोषणा हुन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?