दार्चुला । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ पनेबाँजमा नेपाली कांग्रेशले गरेको कार्यक्रता भेटघाट कार्यक्रममा नेकपा एमाले परित्याग गरी १४ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन । एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरुमा नेकपा एमालेका सदस्य बिस्ना देबी धामी, दामोदर सिंह धामी, देब सिंह धामी, धौली देबी धामी, तारा सिंह धामी, गंगा देबी धामी, रतन सिंह धामी, नरुली देबी धामी, रघुबिर सिंह धामी, किस्ना देबी धामी, प्रेम सिंह धामी, कलावती देबी धामी, मोहन सिंह धामी, फुलमती देबी धामी, नरेन्द्र सिंह धामी र कुमा देबी धामी रहेको नेपाली कांग्रेश शैल्यशिखरका युवा नेता जगदिश बिष्टले जानकारी दिनुभयो ।
नेपाली कांग्रेश दार्चुलाका उपसभापती एबं शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, शैल्यशिखर वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल सिंह धामी, वडा नम्बर ६ नेपाली कांग्रेस सभापति राजेन्द्र सिंह धामी, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडा सभापती भुपेन्द्र सिह धामीलगायतको सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीले जनता संग गरेका बाचा पूरा गर्न आफुले हरदम प्रयास गरिरहेको धारणा राख्नुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया