एसका अध्यक्ष नेपाल लगायत नेताहरु गोकुलेश्वर आइपुग्दै

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय अध्यक्ष एबं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल लगायत नेताहरु दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा आउन लागेका छन् । नेकपा एसको दार्चुला जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल संगै सुदूरपश्चिमका प्रमुख नेताहरु डडेल्धुरा हुँदै गोकुलेश्वर आउन लागेका हुन् । नेताहरु गोकुलेश्वर आउने भएपछि सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहर भट्टको नेतृत्वमा सुरक्षाकर्मीहरु परिचालित भएको बताइएको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बसपार्कमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपालसहितका नेताहरु दिउँसो १ बजे हेलिकोप्टरमार्फत गोकुलेश्वर आइपुग्ने युवासंघका केन्द्रिय कार्यालय सचिव नरेश गिरीले जानकारी दिनुभयो । अध्यक्ष नेपालसंगै स्थायी कमिटी सदस्य भोनुभक्त जोशी, पोलिटब्युरो सदस्य एबं सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले, प्रदेश सरकारका मन्त्री, सुदूरपश्चिम संददीय दलका नेता एबं केन्द्रिय कमिटी सदस्य दिर्घ सोडारी लगायत नेताहरु गोकुलेश्वर आउन लागेको बताइएको छ ।

नेताहरु डडेल्धुराबाट गोकुलेश्वर विमानस्थलमा अवतरण गर्ने र बसपार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुका साथै कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको युवा संघका नेता गंगादत्त जोशीले बताउनुभयो । दार्चुलामा बिरबहादुर ठगुन्नाको नेतृत्वमा जिल्ला कमिटी घोषणा गर्ने नेकपा एसको तयारी छ ।

यसअघि जिल्ला कमिटी अध्यक्ष पदका प्रमुख दाबेदार गणेशकुमार जोशी र इन्द्र बिष्टबिच सहमति जुट्न नसकेपछि बिकल्पमा जाने सहमति भएको नेताहरुले बताएका छन् । दुबै जनालाई प्रदेश कमिटीमा राखेर जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी बिरबहादुर ठगुन्ना (बिरेन्द्र कुमार ठगुन्ना) लाई दिने सहमति भएको नेताहरुको दाबी छ । अरु पदाधिकारीहरुको बिषयमा पनि खाका बनेको र अन्तिम घोषणा हुन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?