बिरेन्द्र ठगुन्नाको अध्यक्षतामा नेकपा एसको जिल्ला कमिटी घोषणा, सचिवमा डागा चयन

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दार्चुला जिल्ला कमिटी घोषणा गरिएको छ । नौगाड घर भएका बिरबहादुर ठगुन्ना (बिरेन्द्र कुमार ठगुन्ना) को अध्यक्षतामा ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरिएको हो । कमिटी उपाध्यक्षमा रुक्मती जागरी, राधिका अवस्थी र किशनसिह धामी (प्रेमसिह धामी स्मृति प्रतिष्ठानका अध्यक्ष) चयन हुनुभएको छ । सचिवमा जनकसिंह डागा र उपसचिवमा गंगादत्त जोशी, बिष्णुराम हुम्ली, यमुना जोशी र बाशुदेब जोशी चयन हुनुभएको छ ।

नेकपा एसका केन्द्रिय अध्यक्ष एबं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा जिल्ला कमिटी घोषणा गरिएको हो । जिल्ला कमिटीमा चयन भएका सबैलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराउनुभएको हो । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बसपार्कमा आयोजित कार्यकर्ता भेलालाई अध्यक्ष नेपाल र मन्त्री प्रेम आलेले सम्बोधन गरेका थिए ।

अध्यक्ष नेपालसंगै स्थायी कमिटी सदस्य भोनुभक्त जोशी, पोलिटब्युरो सदस्य एबं सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले लगायत नेताहरु गोकुलेश्वर आएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले गोकुलेश्वर विमानस्थल निर्माणको लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने बताउनुभयो । मालिकार्जुन धामको पर्यटकिय विकासका लागि समेत आफुले काम गर्ने उहाँले बताउनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?