अगामी निर्वाचनमा पाँच दलिय गठबन्धनः अध्यक्ष नेपाल (फोटोफिचर)

दार्चुला । पूर्व प्रधानमन्त्री एबं नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या समाधान गर्न नयाँ पार्टीको स्थापना गरिएको बताउनुभयो । दार्चुलाको गोकुलेश्वर बसपार्कमा आयोजित नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, नेपालको राजनीतिमा नेकपा एकिृकत समाजवादी कम्युनिष्ट आदर्शप्रति समर्पित हुन, जनताको सेवा गर्न र समाजमा रहेका बिकृति बिसंगतिलाई अन्त्य गर्दै जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगारीको व्यवस्था गर्ने उद्धेश्यले गठन गरिएको हो ।

राष्ट्रियसभा निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा उपनिर्वाचनमा पाँच दलित गठबन्धन कायमै रहने उहाँले प्रष्ट पार्नुभयो । नेकपा एकिकृत समाजवादी, नेकपा माओबादी केन्द्र, नेपाली कांग्रेश, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मिलेर एमालेविरुद्ध निर्वाचन लड्ने उहाँको भनाई छ । नेकपा एकिकृत समाजवादीमा जनलहर बढ्दै गएको बताउदै उहाँले कार्यकर्ताहरुलाई उत्साहित भएर पार्टी काममा लाग्न निर्देशन दिनुभयो । सरकारले दार्चुलाका समस्या समाधानमा ध्यान पुर्याउनुपर्ने उहाँले बताउनुभयो । सम्बोधनका क्रममा उहाँले दार्चुला घर भएका स्वर्गिय प्रेमसिंह धामी र बिरबहादुर ठगुन्नाको चर्चा गर्नुभयो ।

गोकुलेश्वर विमानस्थलका लागि थप बजेट विनियोजन गर्छुः मन्त्री आले

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले गोकुलेश्वर विमानस्थल निर्माणको लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने बताउनुभयो । दार्चुलाको गोकुलेश्वरमा नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री आलेले भन्नुभयो, जुन यो दार्चुलाको गोकुलेश्वरमा बनिरहेको इयरपोर्ट, जसको बजेट एकदमै न्यून छ, न्यून बजेट भएकोले यो इयरपोर्टको टर्मिनल भवन, रन वे, टेक्सी वे सम्मको लागि जति बजेटको आवश्यकता पर्छ मन्त्रालयबाट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यस्तै मन्त्री आलेले मालिकार्जुन धामको विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ठगुन्नाको अध्यक्षतामा नेकपा एसको जिल्ला कमिटी घोषणा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दार्चुला जिल्ला कमिटी घोषणा गरिएको छ । नौगाड गाउँपालिका घर भएका बिरबहादुर ठगुन्ना (बिरेन्द्र कुमार ठगुन्ना) को अध्यक्षतामा ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरिएको हो । कमिटी उपाध्यक्षमा रुक्मती जागरी, राधिका अवस्थी र किशनसिह धामी (प्रेमसिह धामी स्मृति प्रतिष्ठानका अध्यक्ष) चयन हुनुभएको छ । सचिवमा जनकसिंह डागा र उपसचिवमा गंगादत्त जोशी, बिष्णुराम हुम्ली, यमुना जोशी र बाशुदेब जोशी चयन हुनुभएको छ ।

नेकपा एसका केन्द्रिय अध्यक्ष एबं पूर्वप्रधानमन्त्री माधव नेपालको प्रमुख आतिथ्यतामा दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा जिल्ला कमिटी घोषणा गरिएको हो । जिल्ला कमिटीमा चयन भएका सबैलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराउनुभयो । अध्यक्ष नेपालसंगै स्थायी कमिटी सदस्य भोनुभक्त जोशी, पोलिटब्युरो सदस्य एबं मन्त्री प्रेम आले लगायत नेताहरु गोकुलेश्वर आएका थिए ।

कार्यक्रमको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?