दश हजार अनुदान पाउन अति विपन्न परिवारले १५ दिनभित्र निवेदन दिनुपर्ने

दार्चुला । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित भएका अति विपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन आह्वान गरेको छ । अर्थ मन्त्रालयले सूचना निकालेर कोभिड १९ बाट प्रभावित भएका अति विपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन आग्रह गरेको हो । अति विपन्न परिवारले अबको १५ दिनभित्र १० हजार रुपैयाँ नगद अनुदानका लागि निवेदन दिनुपर्ने मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

विगतमा गर्दै आएको रोजगारी पूर्ण रुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएका मजदुर तथा कामदारले अनुदानका लागि निवेदन दिन सक्ने छन् । यस्तै, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङलो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, रिक्सा चालक, ठेलागाडा मजदुर तथा सार्वजनिक गाडीका मजदुर र पर्यटक भरियाले पनि निवेदन दिन पाउने छन् ।

यसैगरी कोभिड १९ सङ्क्रमणका कारण एका घरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको ज्यान गइ आर्थिक सङ्कट भोगेका परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले पनि नगद १० हजार रुपैयाँ अनुदानका लागि निवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?