एमाले दार्चुलाको अधिवेसन आयोजक कमिटी बैठक सुरु

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुलाको अधिवेसन आयोजक कमिटी बैठक सुरु भएको छ । जिल्ला अधिवेसन आयोजक कमिटी अध्यक्ष रामदत्त जोशीको अध्यक्षता एबं प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री एबं नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सह-इन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको हो । बैठकमा नेकपा एमाले दार्चुलाका पदाधिकारीहरु र जिल्ला अधिवेसन आयोजक कमिटी सदस्यहरुको उपस्थिति रहेको छ ।

बैठकमा सबै क्षेत्र र स्थानीय तहको पार्टी गतिविधिको रिपोर्टिङ, आठौँ जिल्ला अधिवेसनको तयारी तथा व्यवस्थापन, संगठित सदस्यता नविकरण, नयाँ सदस्यता तथा छुट सदस्यको एकिन, जिल्ला सचिवालय बैठकका निर्णय अनुमोदन, राष्ट्रिय महाधिवेसनका लागि प्रतिनिधि छनोट, अन्तरपार्टी निर्देशनहरुको अद्ययन र विविध विषयमा छलफल भइरहेको युवा नेता एबं जिल्ला अधिवेसन आयोजक कमिटी सदस्य खेमराज जोशीले जानकारी दिनुभयो ।

सबै पालिकाको अधिवेसन सम्पन्न गरेर कात्तिक २२ गते खलंगामा अधिवेसन आयोजक कमिटीको बैठक आयोजना गर्ने निर्णय गरिएकोमा नेताहरु प्रदेश कमिटी बैठकमा सहभागि हुन धनगढी गएपछि बैठक कात्तिक २५ गते (आज) का लागि सारीएको थियो । यसअघि एमाले दार्चुलाले जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय गरेको छ ।

दार्चुलाका सबै स्थानीय तहमा नेकपा एमालेले अधिवेसन सम्पन्न गरेर जिल्ला अधिवेसनको तयारी गरिरहेको छ । नेता गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा दार्चुलाका नौँ वटै स्थानीय तहमा अधिवेसन सम्पन्न भएको हो ।

सम्बिन्धत समाचार: दार्चुलाका सबै स्थानीय तहमा एमाले अधिवेनशन सम्पन्न, क-कसले पायो नेतृत्व (सूचिसहित)

सायद २ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सायद ५ जना मानिसहरू तथा  बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छ

सायद ९ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?