दार्चुला । दार्चुलाका थप ९ जना एमाले नेताहरु पार्टीको प्रदेश कमिटिमा थपिएका छन् । मंगलबार धनगढीमा आयोजित प्रदेश कमिटीको बैठकले दार्चुलाका नौँ जनालाई प्रदेश कमिटी सदस्यमा चयन गरेको हो ।
यसअघि दार्चुलाबाट गणेशसिह ठगुन्ना प्रदेश कमिटी सहइन्चार्ज, रामदत्त जोशी पदेन सदस्य, हरदेब जोशी, दुर्गा धामी, लालबहादुर विश्वकर्मा प्रदेश कमिटी सदस्य थिए । मंगलबार जहेन्द्र ऐतवाल, गेल्बुसिह बोहरा, नरेन्द्र तिकंरी, पदमराज पन्त, गगनसिह धामी, बिना ठगुन्ना, मोहनसिह धामी, देबसिह महर र गणेशसिह धामी प्रदेश कमिटीमा थपिएका हुन् । प्रदेश कमिटीमा दार्चुलाबाट मनोनयन हुनु भएका सदस्यहरुलाई प्रमुख प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्नाले विहिबार दार्चुला सदरमुकाम खलंगामा सपथ ग्रहण गराउनुभएको छ ।
यस्तै बैतडीबाट प्रदेश कमिटीमा १७ जना सदस्य थपिएका छन् । बैतडीबाट चक्र कार्की, गोरख बहादुर चन्द, जंगदेव भट्ट, हर्क बहादुर चन्द, सरस्वति नेपाली, पुर्ण देव भट्ट, कर्ण बहादुर कुवर, पदम कुवर, रमिल बम, जगी साउद, धाना पहरी, धर्मानन्द भट्ट, दुरा भट्टराई, भरत मडै, उकेन्द्र बोहरा, जसबीर बोहरा र मोहन बिष्ट थपिएका हुन् ।
थपिएका अधिकांश ब्यक्तिहरु यसअघि एमाले जिल्ला कमिटी सचिवालय सदस्य रहेका थिए । महाअधिवेशन नजिकिदैँ गरेका बेला नेकपा एमालेले पार्टीका कार्यक्रमहरुलाई तिब्रता दिएको छ । दार्चुलामा जिल्ला अधिवेसन आयोजक कमिटीको बैठक विभिन्न निर्णय गर्दै २७ गतेसम्मका लागि स्थगीत भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया