शैल्यशिखरमा माओवादीको वडा अधिवेसन, ७७ जना पार्टी प्रवेश

दार्चुला । नेकपा माओवादी केन्द्रले शैल्यशिखर नगरपालिका वडा नम्बर ५ र ६ मा नेतृत्व चयन गर्दै वडा अधिवेसन सम्पन्न गरेको छ । नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज एबं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री मानवहादुर धामीको प्रमुख आतिथ्यता र मन्त्री धामीका स्वकिय सचिव एबं नेता रामदत्त जोशी (आरडी) को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा ७७ जनाले पार्टी प्रवेश गरेको अखिल क्रान्तिकारीका दार्चुला जिल्ला इन्चार्ज अशोकसिह धामीले बताउनुभयो ।

वडा अधिवेसनबाट वडा नम्बर ५ को अध्यक्षमा लोकेन्द्र डाँगा, उपाध्यक्षमा आशा वादी, सचिवमा इन्द्र साउँद सहित २९ सदस्यिय वडा कमिटी चयन गरेको छ । यस्तै वडा नम्बर ६ को अध्यक्षमा शेरसिह धामी, उपाध्यक्षमा प्रेम धामी र सचिवमा मनिराम लुहार सहित २९ सदस्यिय कमिटी चयन गरिएको इन्चार्ज धामीले बताउनुभयो । भोलिदेखि अरु वडाहरुमा समेत अधिवेसन आयोजना हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?