सुदूरपश्चिममा नेकपा एमालेका ८२ हजार संगठित सदस्य

दार्चुला । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका संगठित सदस्यहरुको संख्या ८२ हजार २ सय ४४ पुगेको छ । दशौं महाधिवेशनको प्रतिनिधि छनोटको मिति तय भएसँगै प्रदेशका ९ वटै जिल्लाका संगठित सदस्य संख्या अपडेट गरिएको हो ।

एमाले प्रदेश सचिव राजेन्द्र रावलले डडेल्धुरामा सवैभन्दा कम र कैलालीमा सवैभन्दा बढी संगठित सदस्य रहेको जानकारी दिनुभयो । कैलालीमा २२ हजार ६ सय ४३, कञ्चनपुरमा ९ हजार ३ सय १५, डोटीमा ६ हजार ५ सय डडेल्धुरामा ४ हजार ५ सय ४३ सदस्य पुगेका छन । अछाममा ६ हजार, बझाङमा ७ हजार बाजुरामा ११ हजार ९ सय ६३, बैतडीमा ८ हजार ८० र दार्चुलामा ६ हजार ३ सय संगठित सदस्य पुगेको सचिव रावलले बताउनुभयो ।

यसैबिच नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशनको लोगोमा गैँडाले पार्टीको झन्डा बोकेको देख्न सकिन्छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले त्यो लोगो सार्वजनिक गर्नुभएको हो ।

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ई–सेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तीमा पनि एक सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने प्रणालीबारे जानकारी गराउनुभएको थियो ।

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा एक हजार नौ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । त्यसका लागि भोलि शनिवार देशभर प्रतिनिधि चयन हुँदैछ ।

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने महाधिवेशनको नारा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?