दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ५ बसरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शंकरसिंह धामीकी धर्मपत्नी ५५ बर्षीया बिस्ना धामी रहेको नौगाड गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रामसिह ठगुन्नाले जानकारी दिनुभयो । विहिबार बेलुकी ५ बजे घाँस काट्ने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।
दार्चुलामा हरेक बर्ष घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाहरुले अल्पायुमै ज्यान गुमाउने गरेका छन् । खासगरी असोजदेखि मंसिरसम्म खर काट्ने समय भएकोले यो समयमा यस्ता घटनाको जोखिम बढि हुने गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया