दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपाता कठेकुडामा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवा घाइते हुनुभएको छ । घरबाट जयपुर जात्रा आउने क्रममा शनिबार राती सवा ८ बजेको समयमा कठेकुडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक २४ बर्षीय देबराज मिश्र घाइते भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।

घाइते मिश्रलाई उपचारको लागि शनिबार राती नै जीपमा रिठाचौपाताबाट धनगढी लगिएको छ । घाइतेको टाउको र हातमा चोट लागेको छ । सोहि मोटरसाइकलमा सवार प्रकाश मिश्र भने सकुशल रहेको बताइएको छ । जयपुर जात्रा आउने क्रममा मोटरसाइकल सडकबाट झण्डै १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ । मोटरसाइकलमा समेत क्षती पुगेको प्रतक्षदर्शीहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?