माओवादी केन्द्रसंग एकता हुन्छः विप्लप

दार्चुला । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसंग एकता हुने बताउनुभएको छ । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनमा उहाँले माओवादी केन्द्रसंग एकता सम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, हामी एकता गर्ने हो ।

हामी निश्चित रुपले एक हुने नै हो। तर, जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौं।’ उहाँले सम्पूर्ण देशभक्तले वैदेशिक हस्तक्षेप विरुद्ध लड्नका लागि एकजुट हुनुपर्ने बताउनुभयो । सरकारले पार्टीलाई प्रतिवन्धबाट हटाउदै शान्ति प्रक्रिया ल्याउदा गरिएका सर्तहरु लागू नगरेको पनि उहाँले बताउनुभयो । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत एकताका लागि विप्लप लगायत दलहरुसंग छलफल भइरहेको र एकता हुने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?