दार्चुला । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट सर्वसम्मत टुंगिएको छ ।
दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा १५ जनाको उमेद्वारी परेको भएपनि पुरुष खुलातर्फ ६ जना, महिला ४ जना र दलित २ जना प्रतिनिधि छनौट भएका छन् ।
जिल्लाबाट खुला पुरुषतर्फबाट रामदत्त जोशी, ज्ञानेन्द्र घर्ती, प्रेमसिह धामी, देवसिह महर, हरदेव जोशी, गेल्बुसिह बोहरा, छनौट भएका छन् । यस्तै महिलातर्फ ४ जनाको लागि ७ जनाको उम्मेदवारी परेको थियो ।
महिलातर्फ उर्मिला बोहरा, दुर्गादेवी धामी, गौरी बडाल र पुष्पाअवस्थी सर्वसम्मत हुनुभएको हो । महिला प्रतिनिधिको लागि उम्मेदवारी दिएकामध्ये कमला विष्ट, हिरादेवी अवस्थी, माधवी जोशीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
दलित प्रतिनिधितर्फ भने लालबहादुर विश्वकर्मा र दानीराम पार्की सर्वसम्म चयन भएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया