प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक, सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडू

दार्चुला । नेपाली कांग्रेसले प्रदेशको महाधिवेशन गराउन केन्द्रका सात नेतालाई जिम्मा दिएको छ । आज सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैवठकले प्रदेश महाधिवेशन गराउनको लागि सात नेतालाई जिम्मेवारी दिएको हो ।

आजको बैठकले प्रदेश १ को अधिवेशन गराउने जिम्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश २ को रमेश रिजाल, बागमती प्रदेशको पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशको गोपालमान श्रेष्ठ, लुम्बिनीको बालकृष्ण खाण, कर्णाली प्रदेशको जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशको दिलेन्द्रप्रसाद बडूलाई प्रदेशको अधिवेशन गराउने जिम्मा दिएको हो ।

आज डाकिएको केन्द्रीय कार्यसमितिको बैठकअघि बसेको पदाधिकारी बैठकले उनीहरुलाई जिम्मा दिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?