देशको यस्तो अवस्था देख्दा धरधरी रुन मन लाग्छ : अध्यक्ष विष्ट

दार्चुला : नेकपा माओवादी केन्द्रका मार्मा गाउँपालिका कमिटि अध्यक्ष नरबहादुर विष्ट राजनीतिलाई सहि ट्रयाकमा हिडाउन सके मात्रै समग्र देशको प्रणाली सहि ट्रयाकमा हिड्ने बताउछन । उहाँले सामाजिक सञ्जाल मार्फत आफ्नो बिचार ब्यक्त गर्दै यस्तो बताएका हुन ।

अध्यक्ष विष्ट लेख्नु हुन्छ “राजनीतिलाई सहि ट्रयाकमा हिडाउन सके मात्रै समग्र देशको प्रणाली सहि ट्रयाकमा हिड्छ भन्ने आशा बोकेर भुइँ तहको कार्यकर्ताको रुपमा राजनीतिक पार्टीको कार्यकर्ता भएर इमानदारीपूर्वक काम गरेको बर्षौ भयो
तर जति आशावादी भएपनि राजनीतिक पार्टीमा दलालीकरण घट्नुको सट्टा बढ्दो छ ।

सरकारमा जो सुकै भए पनि सरकारले जनताको काम गर्छ भन्नेमा केही प्रतिशत पनि विश्वास गर्दैनन्
निजामती प्रशासनले भ्रष्टाचारमा हिजो भन्दा दुईगुणा प्रगति गरेको छ ।

बिदेश जाने नौजवान युवाहरूको एयरपोर्टमा थामिनसक्नु भिड उस्तै छ
हुदा हुदा एउटा अन्यायमा परेको नागरिकले आफ्नो साहारा ठान्ने न्यायलय पनि सेटिङमा चल्न थाल्यो
९५ बर्षका वृद्ध चिसो भुइँमा बसेर न्यायलाई किनबेचको साधन नबनाउ भनेर खबरदारी गर्दा न्यायको अर्थ सम्म थाहा नभएका चुल्ठे, मुन्द्रे र भुसतिघ्रे हरुले प्रतिकार गरेको पनि देख्नु पर्यो ।

देशको यस्तो अवस्था देख्दा धरधरी रुन मन लाग्छ तर आशावादी भएर बाच्ने मान्छेलाई यस्तो छुट पनि नपाइने रहेछ”

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?