शैल्यशिखर पुजन जात्रा आज, भोलि मालिकार्जुनमा रात्री जात्रा लाग्ने

दार्चुला । देशकै सात धाम मध्येको एक धाम शैल्यशिखर मालिकार्जुनको शिखरमा जिल्लाको सबैभन्दा ठूलो पुजन जात्रा आज लागेको छ । मालिकार्जुन मन्दिर मडमा लाग्ने जात्राको अघिल्लो दिन कार्तिक शुक्ल त्रयोदशीको दिन शिखर पुजन जात्रा लाग्ने गर्दछ।

पुजन जात्रामा सहभागिहुन भक्तजनहरु बिहानै शिखरतर्फ लागेका छन्, मालिकार्जुन धार्मिक विकास समितिका सचिव जनकसिह धामीले भन्नुभयो, हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न भक्तजनहरु गएका छन्। विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडी देखिनै शुद्ध भएर जाने प्रचलन रहिआएको छ। शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको मानिन्छ ।

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथी र कात्तिक शुक्ल त्रयोदशी तिथिमा गरी वर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ।

आज शिखर जात्रा सम्पन्न भएपछि भोलि मालिकार्जुन मन्दिर मड, उचाकोट, मैखोली, गराडी लगायत मालिकार्जुन देवताका रानीहरुको वासस्थान भएका आधादर्जन बढी स्थानमा रात्री जात्रा लाग्ने गर्दछ। राती जात्रा लगाउदा विभिन्न समस्या र विकृतिहरुको सामना गर्नुपरेको भन्दै जात्रा दिउँसो लगाउनुपर्ने विषयमा समेत छलफल भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?