दार्चुला । लेकम गाउँपालिकाको केन्द्र रातामाटाबाट गाउँपालिकाको प्रशासनिक कामकाज शुरू भएको छ । गाउँपालिकाको केन्द्र निर्धारण भएको चार बर्षपछि गाउँपालिकाको कार्यालय रातामाटाबाट सञ्चालन भएको हो।
गाउँपालिकाको अस्थायी कार्यालय खरकडाबाट सामान रातामाटा सार्ने काम भइरहेको छ, सुरक्षाका लागि सुरक्षाकर्मीहरू समेत खटिएका छन। गाउँकार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाको कार्यालय रातामाटा सार्ने काम शुरू भएपछि स्थानीय खुसी भएका छन। गाउँपालिकाले कार्यालयको कामकाज रातामाटाबाट सञ्चालन हुने भएकोले जानकारीका लागि सार्वजनिक सूचना समेत जारी गरेको छ ।
रातामाटामा भौतिक पुर्वाधारको व्यवस्थापन नहुदा कार्यालय सञ्चालनमा ढिलाइ भइरहेको थियो, अहिले बैकल्पिक ब्यवस्थापन गरेर कार्यालय रातामाटाबाट सञ्चालन गर्न लागिएको गाउँपालिका कार्यालयले जनाएको छ।
हेर्नुहोस कार्यालय रातामाटाबाट सञ्चालन हुने सम्बन्धि लेकम गाउँपालिकाले जारी गरेको सूचना !
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया