सुदूरपश्चिमबाट १६४ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना प्रतिनिधि छनोट गरिएको छ ।

प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रदेश अध्यक्ष कर्ण थापाले यही मंसिर १० देखि चितवनमा हुन गइरहेको एमालेको १० औं महाधिवेशनका लागि १६४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको जानकारी दिनुभयो ।

१६ वटा संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो । उहाँले भन्नुभयो, ‘२ क्षेत्रमा मात्रै निर्वाचन भयो बाँकीमा सहमतिको आधारमा प्रतिनिधि छ्नोट गरिएको हो ।’ कैलालीको चार र कंचनपुरको १ मा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको उहाँले बताउनुभयो । राष्ट्रिय महाधिवेशनका लागि कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधि छनोट गरिएको छ ।

यस्तै क्रमशः दार्चुलामा १२ बझाङ १६, बैतडीमा १४, डडेल्धुरामा ११, बाजुरामा २१, कञ्चनपुरमा १६, डोटीमा १६ र अछामबाट १४ जना प्रतिनिधि छनोट गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?