दार्चुला । नेकपा माओवादी केन्द्र मार्मा गाउँ पालिकाको वडा नम्बर २,३ र ४ को संयुक्त वडा सम्मेलन बुधवार सम्पन्न भएको छ। मार्मा गाउँ पालिकाको वडा नम्वर ४ को तपोवन मावि पडपडाको खेल मैदान मडवगरमा तिन ओटै वडाको संयुक्त वडा सम्मेलन सम्पन्न भएको नेकपा माओादी केन्द्रका मार्मा गाउँपालिका इन्चार्ज धिरेन्द्रसिहँ धामीले बताउनुभयो ।
मार्मा गाउँपालिका वडा नम्बर २ को वडा कमिटि अध्यक्षमा मोहन चन्द्र भट्ट चयन हुनुभएको छ । उपाध्यक्षमा हिक्मत बहादुर सिंह र जयानन्द भट्ट, सचिवमा दिपक सिंह महरा, सह सचिवमा अशोक ठगुन्ना र कोषाध्यक्षमा उपेन्द्र बिष्ट चयन भएका छन्। यस्तै वडा नम्बर ३ मा कमलेश सिंह बिष्टको नेतृत्वमा ५१ सदस्यिय वडा कमिटी गठन गरिएको छ।उपाध्यक्षमा लाल सिह धामी, रघुविर बिष्ट र नारद ओड ,कोषाध्यक्षमा मदन सिह धामी, सह कोषाध्यक्षमा भागरथी बिष्ट, सचिवमा प्रकाश सिह ठगुन्ना र सह सचिवमा मदन बहादुर बिष्ट र राम सिह ठगुन्ना चयन भएका छन्।
वडा नम्बर ४ मा जय सिह बिष्टको नेतृत्वमा ४३ सदस्यिय वडा कमिटी गठन गरिएको छ। उपाध्यक्षमा कलावती वोहरा र जगत सिहँ धामी, कोषाध्यक्षमा नरेन्द्र सिह ठगुन्ना, सचिवमा नवराज पन्त र सह सचिवमा मोहन राम टमटा चयन भएका छन्।
प्रकाश सिह ठगुन्नाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण सिह धामी रहनु भएको थियो भने सुदूरपश्चिम प्रदेश कमिटि सदस्य तथा मार्मा गाउँ पालिका अध्यक्ष जमन सिह धामी अतिथि रहनुभएको थिया । कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा मार्मा गाँउ पालिका ईन्चार्ज धिरेन्द्र सिह धामी, मार्मा गाउँपालिका कमिटि अध्यक्ष नर बहादुर बिष्ट, वडा नम्वर २ का वडा अध्यक्ष अमर बिष्ट, वडा नम्वर ४ का वडा अध्यक्ष उदय महरा रहनु भएको थियो। कार्यक्रममा एमाले काँग्रेस पार्टि परित्याग गरी एक दर्जन बढी कार्यकर्ताले ने क पा माओवादी केन्द्रमा प्रबेश गरेको मार्मा गाउँपालिका कमिटि अध्यक्ष नरबहादुर विष्टले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया