कांग्रेशको क्षेत्रीय अधिवेसन खलंगा र गोकुलेश्वरमा हुने

दार्चुला । नेपाली कांग्रेश दार्चुलाको प्रदेश क्षेत्रीय अधिवेसन शनिबार (भोली) हुने भएको छ । प्रदेश क्षेत्र नम्बर “क” को अधिवेसन खलंगा र “ख” को अधिवेसन गोकुलेश्वरमा आयोजना हुने कांग्रेश दार्चुलाले जनाएको छ । शनिबार हुने अधिवेसनबाट क्षेत्रीय सभापती र पदाधिकारीका लागि नेताहरुले लबिङ गरिरहेका छन् ।

कांग्रेश दार्चुलाको जिल्ला अधिवेसन मंसिर ७ गते हुने भएको छ । जिल्ला सभापतीका लागि वर्तमान सभापती ललितसिह बोहरा र उपसभापती एबं शैल्यशिखर नगरपालिकाका मेयर अमरसिह धामीले दाबी गरेका छन् । अरु पदाधिकारीहरुमा समेत नेताहरुले आफ्नो दाबी पेश गर्ने बताएका छन् ।

नेपाली कांग्रेशका केन्द्रिय सदस्य एबं कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले दार्चुलामा सहमतिमै नेतृत्व चयन हुनुपर्ने धारणा राखेका छन् । पार्टीलाई बलियो बनाउन सहमतिको विकल्प नभएको नेताहरुको भनाई छ । कांग्रेशको भातृ संगठन नेबि संघ दार्चुलाले समेत प्रदेश क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्न नेता कार्यकर्ताहरुलाई दबाब दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?