दार्चुला । नेकपा माओबादी केन्द्रको मार्मा गाउँपालिकामा पालिका सम्मेलन सम्पन्न भएको छ । मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्टको अध्यक्षता एबं माओबादी केन्द्रका जिल्ला इन्चार्ज, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी सन्तोषको प्रमुख आतिथ्यतामा उद्घाटन भएको सम्मेलन कमिटी चयन गर्दै सम्पन्न भएको हो ।
मार्मा गाउँपालिका अध्यक्ष एबं नेकपा माओबादी केन्द्रका नेता जमनसिह धामीका अनुसार नरबहादुर बिष्टको अध्यक्षतामा ५५ सदस्यिय गाउँपालिका कमिटी चयन गरिएको हो । गाउँकमिटी उपाध्यक्षमा पुरनसिह धामी, दिलाराम टमटा र बागमती ठगुन्ना, सचिव अमर ठगुन्ना, सहसचिव नमराज बिष्ट र कोषाध्यक्ष सुरज महरा चयन भएका छन् । सम्मेलनको अवसरमा ७२ जनाले विभिन्न पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेको दाबी गरिएको छ । नेताहरुले माओबादीको एजेण्डामा एमाले कांग्रेशले रजाइ गरिरहेको बताउदै माओबादी केन्द्र फेरी शक्तिशाली भएर उदाउने धारणा राखेका छन् ।

यसैबिच नेकपा माओबादी केन्द्रको लेकम गाउँपालिका वडा नम्बर २ मा वडा सम्मेलन सम्पन्न भएको छ । आनसिह धामीको अध्यक्षता एबं माओबादी केन्द्रका लेकम गाउँपालिका कमिटी इन्चार्ज एबं प्रदेश कमिटी सदस्य रामदत्त जोशी (आरडी) को प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा लेकमका वाइसियल इन्चार्ज प्रेमसिह बिष्ट, गाउँकमिटी सचिव तारासिह बोहरा, वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष हरिभक्त पन्त लगायतको आतिथ्यता रहेको थियो ।
वडा सम्मेलनबाट आनसिह धामीको अध्यक्षतामा ३५ सदस्यिय वडा कमिटी चयन गरिएको छ । उपाध्यक्षमा गोपाल दमाइ, जानकी भट्ट, हरिदत्त भट्ट, सचिवमा भवानसिह धामी, सहसचिवमा श्यामराज जोशी र कोषाध्यक्षमा सरस्वती सार्की चयन भएका छन् ।
कार्यक्रमको सञ्चालन अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष हरिशराम सार्कीले गरेको नेकपा माओबादी केन्द्रका लेकम गाउँकमिटी सचिव तारासिह बोहराले जानकारी दिनुभयो । सम्मेलनको अवसरमा नेकपा एमाले र कांग्रेश परित्याग गरि १० जनाले माओबादी केन्द्रमा प्रवेश गरेको उहाँले बताउनुभयो ।
देशका अधिकासं वडामा शनिबार नेकपा माओबादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ ।
माओबादीको मार्मा गाउँपालिकामा सम्पन्न सम्मेलनको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया