एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

दार्चुला । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। यही १० देखि १२ गतेसम्म हुने १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्। उपाध्यक्ष रावलले आइतबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षको उम्मेदवारी दिने तयारी गरेको उपाध्यक्ष रावलका स्वकीय सचिव गोविन्दबहादुर दुवालले बताएका छन्।

दुवालले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलको उम्मेदवारीसम्बन्धी विशेष पत्रकार सम्मेलनमा उपस्थितिको लागि सम्पूर्ण सञ्चारकर्मीहरूलाई हार्दिक आमन्त्रण गर्दछौँ।’ अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत रूपमा दोहोरिने प्रयास भइरहेको बेलामा उपाध्यक्ष रावलको घोषणाले सर्वसम्मतको प्रयासमा धक्का लाग्ने भएको छ। माधवकुमार नेपाल र झलनाथ खनालले एमालेबाट विद्रोह गर्ने बेलामा उपाध्यक्ष रावल एमालेमै रहेका थिए।

पार्टी विभाजनको बेलामा माधव नेपालको साथ छाडेका उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालबाहेक सबै नेता मौनता साँधिरहेका छन्। अधिकांश नेताहरूले ओलीलाई नै निर्विकल्प अध्यक्ष स्वीकार गरिरहेको अवस्थामा उपाध्यक्ष रावलले अध्यक्षको उम्मेदवारी दिन लागेका हुन्।

उपाध्यक्ष रावलले अध्यक्ष पदमा उठ्ने घोषणा गरिसक्दा भुसाल भने बोलेका छैनन्। तर, संसद् विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्नको लागि ओलीको स्थान लिन सक्ने कोही नेताहरू नभएको महासचिव पोखरेलले सार्वजनिक रूपमै राखिसकेका छन्।

महाधिवेशनले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। असोज १५–१७ मा भएको प्रथम विधान महाधिवेशनले विधानलाई संशोधन गरेको हो। जसअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ७ जना रहनेछन्। तर, एमालेले पार्टी विभाजनपछि एकताको सन्देश प्रवाह गर्नको लागि सर्वसम्मतको प्रयास गर्ने खोजेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?