दार्चुलामा कांग्रेशको प्रदेशसभा क्षेत्र (क) मा निर्वाचन जारी (उम्मेदवार नामावली)

दार्चुला । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दार्चुला प्रदेशसभा क्षेत्र नम्बर (क) मा सहमति जुटन नसकेपछि मतदान भइरहेको छ । सभापतिसहित चार पदमा निर्वाचन भइरहेको निर्वाचन अधिकृत देवराज जोशीले जानकारी दिनुभयो । सभापति, सचिव, सहसचिव र प्रदेशसभा अधिवेशन प्रतिनिधि (खुला) पदका लागि मतदान भइरहेको उहाँले बताउनुभयो ।

प्रदेश क्षेत्र (क) को सभापति पदका लागि मन्दिर सिह धामी र गणेश सिंह धामीबीच प्रतिस्पर्धा भइरहेको छ । यस्तै सचिव पदका लागि हरिदत्त जोशी, जयसिह बोहरा र पुष्कर राज जोशीबिच प्रतस्पिर्धा हुदैछ । सहसचिव पदका लागि कबिता शाही चन्द, कलम सिह धामी, बिरुराम लोहार, राजेशराज पन्त र सन्जा ऐरीबिच प्रतिस्पर्धा भइरहेको छ । उपसभापतिमा भने गोपाल सिह कार्की र बिरा दत्त भट्ट निर्विरोध चयन भएका छन् ।

प्रदेश प्रतिनिधिमा १३ जनाबिच चुनावी प्रतिस्पर्धा भइरहेको छ। प्रदेश क्षेत्र (क) मा ५८७ मतदाता रहेका छन् । सभापतिमा एक जना, उपसभापतीमा २ जना, सचिवमा २ जना, सहसचिवमा २ जना र प्रदेश प्रतिनिधिमा ७ जना निर्वाचित हुने बताइएको छ । प्रदेश क्षेत्र (ख) मा समेत केहि पदमा सहमति जुटेको र केहि पदमा निर्वाचन भएको छ ।

No description available.

सम्बन्धित समाचार: कांग्रेश दार्चुलाको क्षेत्रीय अधिवेसन जारी (उम्मेदवार नामावली र फोटोफिचर)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?