दार्चुला । नेपाली कांग्रेश दार्चुलाको प्रदेशसभा प्रथम क्षेत्रीय अधिवेसन शनिबार उद्घाटन भएर आइतबार (आज) निर्वाचनमार्फत नेतृत्व चयन भइरहेको छ । सभापती लगायत प्रमुख पदहरुमा सहमती जुटन नसकेपछि दुबै प्रदेशसभा क्षेत्रमा निर्वाचन भएको छ । प्रदेश क्षेत्र नम्बर (क) को निर्वाचन खलंगा र (ख) को गोकुलेश्वरमा सम्पन्न भएको हो ।
गोकुलेश्वरमा (ख) क्षेत्रको मतदान सम्पन्न भएर मतगणना शुरु भएको युवा नेता सुरेश बिष्टले बताउनुभयो । शनिबार बेलुकीनै उम्मेदबारी दर्ता भइसकेको भएपनि आज दिउँसोसम्म सहमतिको प्रयास गरिएको थियो । प्रदेश क्षेत्र नम्बर (ख) सभापतीका लागि जगत ठगुन्ना र केशव बहादुर सिंहबिच प्रतिस्पर्धा भइरहेको छ । झण्डै आधा मत गणना गर्ने काम सकिएको बिष्टले बताउनुभयो । सचिवका लागि जगदिश बहादुर बिष्ट, धर्म बहादुर खडायत र उद्धवसिह ठगुन्नाबिच प्रतिस्पर्धा भएको छ । उपसभापतीमा लक्ष्मण डागा र डम्बर कार्की, अपांगमा केशव जोशी, सहसचिवमा गणेशदत्त जोशी र मोहनदेब खडायत निर्विरोध निर्वाचित भएको बताइएको छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दार्चुला प्रदेशसभा क्षेत्र नम्बर (क) मा पनि मतदान सम्पन्न भएको छ । सभापतिसहित चार पदमा निर्वाचन भएको निर्वाचन अधिकृत देवराज जोशीले जानकारी दिनुभयो । सभापति, सचिव, सहसचिव र प्रदेशसभा अधिवेशन प्रतिनिधि (खुला) पदका लागि मतदान भएको हो । प्रदेश क्षेत्र (क) को सभापति पदका लागि मन्दिर सिह धामी र गणेश सिंह धामीबीच प्रतिस्पर्धा भइरहेको छ । यस्तै सचिव पदका लागि हरिदत्त जोशी, जयसिह बोहरा र पुष्कर राज जोशी बिच प्रतस्पिर्धा हुदैछ । सहसचिव पदका लागि कबिता शाही चन्द, कलम सिह धामी, बिरुराम लोहार, राजेशराज पन्त र सन्जा ऐरीबिच प्रतिस्पर्धा भइरहेको छ । उपसभापतिमा भने गोपाल सिह कार्की र बिरा दत्त भट्ट निर्विरोध चयन भएका छन् । प्रदेश क्षेत्र (क) मा मतगणना शुरु भएको छ । ५८७ मतदाता रहेकोमा ५०५ मत खसेको विद्यार्थी नेता दिपक खातीले बताउनुभयो ।
कांग्रेश दार्चुलाको क्षेत्रीय समितिमा सभापती एक, उपसभापती दुई, सचिव दुई र सहसचिव दुई जना रहने प्रावधान रहेको छ । कांग्रेश दार्चुलाको जिल्ला अधिवेसन मंसिर ७ गते हुने भएको छ । जिल्ला सभापतीका लागि वर्तमान सभापती ललितसिह बोहरा र उपसभापती एबं शैल्यशिखर नगरपालिकाका मेयर अमरसिह धामीले दाबी गर्नुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया