दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा माओबादी केन्द्रको पालिका सम्मेलन सम्पन्न भएको छ । कर्ण बहादुर भण्डारीको अध्यक्षतामा नगरकमिटी चयन गर्दै प्रथम नगर सम्मेलन सम्पन्न भएको हो ।
कमिटी उपाध्यक्षमा रुकुम सिंह तितरा, मानध्वज साउद, वसन्ति कोली चयन भएका छन् । यस्तै सचिवमा अशोक सिंह धामी, सह–सचिवमा जय सिँह ठगुन्ना र कोषाध्यक्षमा पदम राम लुहार रहनेगरी ६५ सदस्यिय नगर कमिटी चयन गरिएको नेकपा माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रामदत्त जोशीले जानकारी दिनुभयो ।
मोहन सिंह साउद शिशिरको अध्यक्षतामा उद्घाटन भएको सम्मेलनमा माओबादी केन्द्रका जिल्ला इन्चार्ज एबं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री मानबहादुर धामी सन्तोषको प्रमुख आतिथ्यता र मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीको विशिष्ट आतिथ्यता रहेको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै नेताहरुले शैल्यशिखर नगरपालिकाका मेयरले उपभोक्ता समिति गठन गर्दा पनि कांग्रेसको सदस्यता लिनुपर्ने बाध्यता सिर्जना गरेको आरोप लगाउदै आउदो चुनावमा माओवादी केन्द्रले अराजकताको हिसाब किताब गर्ने र जनताले एकपटक पुनः जुरुक्क उठनु पर्ने बताएका छन् ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया