दार्चुलामा जनगणनाको काम अन्तिम चरणमा, छाङरु र तिकंरमा अझै दुई दिन लाग्ने

दार्चुला । राष्ट्रिय जनगणनाको काम दार्चुलासहित देशभर अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म दार्चुलामा झण्डै ९० प्रतिशत गणनाको काम सम्पन्न भइसकेको जिल्ला जनगणना कार्यालय दार्चुलाका जनगणना अधिकृत पदमराज पाण्डेले जानकारी दिनुभयो । जनगणना गर्न ढिलाइ भएको व्यास गाउँपालिका वडा नम्बर १ मा समेत सोमबार जनगणना टोली पुगेर काम थालिसकेको र अबको दुई दिन भित्रमै गणनाको काम सम्पन्न गर्ने तयारी छ ।

सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेका उहाँले बताउनुभयो । अब जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति छुटेको भए गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न उहाँको आग्रह छ । गणनाको काम सकेर कागजात तथा विवरण मिलाउने काम भइरहेको मार्मा गाउँपालिकामा खटिएका गणक खडक धामीले बताउनुभयो ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशभर मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । पर्सिसम्ममा गणनाको मुख्य काम सकिसक्नु पर्ने भएकाले कोही छुटेको भए सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार: जोखिम मोलेर छाङरु पुग्यो जनगणना टोली, फर्किदा हेलिकोप्टरको व्यवस्था गरिदिन माग

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?