दार्चुला । नेपाली कांग्रेस बैतडीको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । आज बिहान साढे १० बजेबाट सुरु भएको मतदान साढे ६ बजे सम्पन भएको निर्वाचन समितीले जनाएको छ ।
१ हजार ४ सय ९ मतदाता रहेकोमा १ हजार ३ सय ४८ जनाले नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागी मतदान गरेको निर्वाचन अधिकृत पुष्पराज जोशीले बताउनुभयो। आजै राती १० बजे देखी मतगणना सुरु हुने पनि निर्वाचन समितीले जनाएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीबाट सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द चुनावी मैदानमा छन् । प्रदेश क्षेत्रीय अधिवेसनमा एक एक क्षेत्रमा विजयी भएका दुबै प्यानलबिच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।
प्रदेश क्षेत्रको मत विश्लेषण गर्दा चन्द समुह केही बलियो देखिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया