दार्चुलाको नौगाडमा घरेलु मदिरा नष्ट

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ६ मा घरेलु मदिरा नष्ट गरिएको छ । नौगाडको वडा नम्बर ६ का तीन वटा घरबाट ७० लिटर तयार पारिएको र २०० लिटर कच्चापदार्थको रुपमा राखिएको मदिरा नष्ट गरिएको हो ।

प्रहरी चौकी होपरीगाडबाट प्रहरी सहायक निरीक्षक उद्धबसिंह बुढा ऐरको नेतृत्वमा खटिएको प्रहरी टोलीले छापा मारेर बरामद गरेको उक्त मदिरा जनप्रतिनिधि, कर्मचारी र स्थानीय बुद्धिजिविको रहोबारमा नष्ट गरिएको हो । मदिरा भण्डारण गरेर राखेका भाडाहरु समेत नियन्त्रणमा लिइएको प्रहरीलाई उदृत गर्दै नौगाडबाट लोकदर्पण समाचारदाता सन्तोष ठगुन्नाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?