दार्चुला । बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले एक सूचना प्रकाशन गरेर गाउँपालिका क्षेत्रमा धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ ।
स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि बिहीबार र शुक्रबार बिदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताउनुभयो । मंसिर ५ गते बसेको गाउँकार्यपालिकाको निर्णय अनुसार धुरा मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया