दार्चुला । नेपाली कांग्रेश दार्चुलाको कार्यसमिति र महाधिवेसन प्रतिनिधिका लागि सहमति जुटन नसकेपछि नेतृत्व चयनका लागि निर्वाचन सुरू भएको छ । जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा छन। जिल्लाका प्रमुख नेताहरूनै चुनावी प्रतिस्पर्धामा भएकोले निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ । विहान ९ बजेदेखि मतदान गर्ने बताएपनि १२ बजेपछि मात्रै मतदान सुरु भएको हो । पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका लागि एक हजार ४२ मतदाताले मतदान गरिरहेको निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेशको सभापतिसहित ४२ सदस्यिय जिल्ला कार्य समितिका लागि ६६ जनाको उम्मेदवारी परेको छ । यसअघि ७८ जनाको उम्मेदवारी परेकोमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाको उम्मेदारी परेको छ । महाधिवेसन प्रतिनिधिमा जिल्लाका प्रमुख नेताहरु चुनाव लडिरहेकोले कांग्रेशको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । दलित प्रतिनिधितर्फ गोबर्धन कोलीको मात्रै उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भइसक्नुभएको छ । अरु प्रतिनिधिहरुविच भने चुनावी प्रतिस्पर्धा भइरहेको छ । मन्त्री दिलेन्द्रप्रसाद बडू कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकोले महाधिवेशन आयोजक समितिमा समेत हुनुहुन्छ ।
कांग्रेश दार्चुलाको जिल्ला सभापतिमा एक जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सहसचिव २ जना, जिल्ला कार्य समिति सदस्यमा भूगोल र समावेसीसहित ४२ जना निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार काँग्रेस जिल्ला कार्यसमितिका सभापतिका लागि ललितसिह बोहरा र अमरसिह धामीको उम्मेदवारी दर्ता भएको छ । बोहरा वर्तमान जिल्ला सभापति हुन भने धामी उपसभापति हुन् । अन्य पदाधिकारीमा समेत झण्डै दुईदर्जन नेताहरुको उम्मेदवारी छ ।
सभापतिका उम्मेदवार बोहरा पौडेल पक्षमा खुल्नुभएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू समेत पौडेल पक्षमै भएकोले बडूको सहयोगमा बोहरा सभापति बन्ने सम्भावना बलियो रहेको केहि नेताहरुको दाबी छ । सभापतिका अर्का उम्मेदवार धामी समेत विगतमा पौडेल पक्षमै रहेपनि यो पटक देउवा पक्षका मतहरु लिने र भूगोलको समेत प्रतिनिधित्व गरेर मतदाताहरुसंग सहयोग मागिरहेकोले भूगोर र आफु निकटका पौडेल पक्षका उम्मेदवारसंगै देउवा पक्षले साथ दिएमा धामी सभापतिमा निर्वाचित हुने सम्भावना समेत उत्तिकै बलियो रहेको छ ।
नेताहरुको प्रतिक्रियालाई आधार मान्ने हो भने सभापतिमा दुबै उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुनेछ । मन्त्री बडूले कुन उम्मेदवारलाई खुला वा मौन समर्थन गर्छन भन्ने कुराले सभापति को बन्ने भन्ने कुरामा प्रभाव राख्ने नेताहरुको दाबी छ । दुबै उम्मेदवारहरुलाई पक्ष र भूगोल तथा व्याक्तिगत सम्बन्धको आधारमा समेत मतदान गर्ने मतदाताहरुको तयारी देखिन्छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




