कांग्रेस दार्चुलाको मतदान सकियो, ९५६ मत खस्यो, ९ बजेदेखि मतगणना हुने

दार्चुला । नेपाली कांग्रेश दार्चुलाको कार्यसमिति र महाधिवेसन प्रतिनिधिका लागि सहमति जुटन नसकेपछि नेतृत्व चयनका लागि निर्वाचन भएको छ । जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा छन । जिल्लाका प्रमुख नेताहरूनै चुनावी प्रतिस्पर्धामा भएकोले निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ । दिउँसो १२ बजेदेखि सुरु भएको मतदान ६ बजे सम्पन्न भएको छ । कुल एक हजार ४२ मतदाता रहेकोमा ९५६ मत खसेको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९५६ जनाले मतदान गरेका हुन् ।

मतदान सम्पन्न भइसकेको र खाना खाएर मतगणना गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन् । निर्वाचन समितिका अनुसार राती ९ बजेदेखि मतगणना सुरु हुनेछ । नेपाली कांग्रेशको सभापतिसहित ४२ सदस्यिय जिल्ला कार्य समितिका लागि ६६ जनाको उम्मेदवारी परेको छ । यसअघि ७८ जनाको उम्मेदवारी परेकोमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । यस्तै २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाको उम्मेदारी परेको छ । महाधिवेसन प्रतिनिधिमा जिल्लाका प्रमुख नेताहरु चुनाव लडिरहेकोले कांग्रेशको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । दलित प्रतिनिधितर्फ गोबर्धन कोलीको मात्रै उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भइसक्नुभएको छ । अरु प्रतिनिधिहरुविच भने चुनावी प्रतिस्पर्धा भइरहेको छ । मन्त्री दिलेन्द्रप्रसाद बडू कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकोले महाधिवेशन आयोजक समितिमा समेत हुनुहुन्छ ।

कांग्रेश दार्चुलाको जिल्ला सभापतिमा एक जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सहसचिव २ जना, जिल्ला कार्य समिति सदस्यमा भूगोल र समावेसीसहित ४२ जना निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार काँग्रेस जिल्ला कार्यसमितिका सभापतिका लागि ललितसिह बोहरा र अमरसिह धामीको उम्मेदवारी दर्ता भएको छ । बोहरा वर्तमान जिल्ला सभापति हुन भने धामी उपसभापति हुन् । 

नेताहरुको प्रतिक्रियालाई आधार मान्ने हो भने सभापतिमा दुबै उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुनेछ । मन्त्री बडूले कुन उम्मेदवारलाई खुला वा मौन समर्थन गर्छन भन्ने कुराले सभापति को बन्ने भन्ने कुरामा प्रभाव राख्ने नेताहरुको दाबी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?