बैतडीबाट प्रतिनिधिमा चन्द समूहका १६ र भट्ट समूहका १० जना विजयी, पुराना नेता पराजित

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा २६ जना महाधिवेशन प्रतिनिधिहरु चयन भएका छन् । मंगलबार सम्पन्न भएको मतदानको शुक्रबार बिहान अन्तिम परिणाम आएको हो । महाधिवेशन प्रतिनिधिमा पनि सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ । २६ जना महाधिवेशन प्रतिनिधि मध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन् । यस्तै शिवराज भट्ट समूहबाट १० जना विजयी भएका छन् ।

खुला सदस्यमा भट्ट समूहबाट केशवबहादुर चन्द ६२२, हरिमोहन भण्डारी ५८१, उत्तरबहादुर ऐर ५६३, कर्णसिंह साउँद ५४९, दीपकबहादुर बम ५४४, कृष्णसिंह नायक ५२३ मतसहित विजयी भएका छन् । यस्तै चन्द समूहबाट दिनेशप्रसाद भट्ट ६१३, लोकराज अवस्थी ५५३, दिनेशबहादुर चन्द ५४७ र नरेन्द्रसिंह थापा ५२१ मत सहित विजयी भएका छन् । खुला महिला सदस्यमा चारै जना चन्द समूहबाट विजयी भएका छन् । पुनम पाल बम ५४८, जानकी भट्ट ५१४, तुलसी ठगुन्ना ५०१ र मीना चन्द ४९२ मत ल्याएर विजयी भएका छन् । यस्तै खस आर्य पुरुष तर्फ चन्द समूहका ३ जना र भट्ट समूहका २ जना विजयी भएका छन् । चन्द समूहबाट दिपेन्द्र बम ६०६, सुरेन्द्रसिंह ऐर ५०६ र नरेन्द्रप्रसाद भट्ट ५०० मत ल्याएर विजयी भएका छन् । यस्तै भट्ट समूहबाट तेजबहादुर चन्द ५४३ र कपील केसी ५२५ मत ल्याएर विजयी भएका छन् । यस्तै खस आर्य महिला तर्फ भट्ट समूहका २ जना र चन्द समूहका २ जना विजयी भएका छन् । भट्ट समूहका कान्ता चन्द शाही ६०१ र सरस्वती कोली ५६२ मत ल्याएर विजयी भएका छन् । यस्तै चन्द समूहबाट कौशिला चन्द ६२५ र लक्ष्मी शाह चन्द ५४७ मत ल्याएर विजयी भएका छन् । यस्तै अपांगताबाट चन्द समूहकै ईश्वरीदत्त भट्ट ६०८ मत ल्याएर विजयी भए भने दलित समूहबाट चन्द समूहकै सुरत पार्की ६२७ मत ल्याएर विजयी भए ।

आदीवासी जनजातिबाट चन्द समूहकै किरणकुमार राई निर्विरोध निर्वाचित भएका छन् । यसअघि जिल्ला पदाधिकारीमा एकजना उपसभापति बाहेक सबै पदमा चन्द समूह विजयी भएको छ । चन्द पौडेल पक्षका नेता हुन भने पराजित भएका भट्ट देउवा अर्थात संस्थापन पक्षका हुन् ।

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा सम्पन्न निर्वाचनमा पूर्व मन्त्रीदेखि पूर्व पार्टी सभापति भने निर्वाचित हुन् सकेनन् । कांग्रेसका त्यागी नेतामा गनिने पूर्ब केन्द्रीय सदस्यसमेत रहेका बिनयध्वज चन्द, पूर्व राज्यमन्त्री नरबहादुर चन्द, कांग्रेस बैतडीका पूर्व पार्टी सभापति नरेन्द्र बिष्ट पराजित भएका छन् । दुबै प्यानलले महाधिवेशन प्रतिनिधिमा मिश्रित परिणाम हात पारेका हुन् ।

No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?