कांग्रेश दार्चुलाको मतगणना जारी, सभापतिमा बोहरा र सचिवमा कार्कीको अग्रता (मतसहित)

दार्चुला । नेपाली कांग्रेश दार्चुलाको मतगणना जारी छ । शुक्रबार विहान ८ बजेसम्म ३०० मत गणना हुदा सभापतिमा ललितसिह बोहराको अग्रता कायमै छ । क्षेत्र नम्बर १ (क) को ३०० मत गणना हुदा सभापतिमा ललितसिह बोहराको २०६ मत प्राप्त भएको छ भने सभापतिका अर्का उम्मेदवार अमरसिह धामीको ८७ मत प्राप्त भएको छ ।

यस्तै उपसभापतिमा महादेब बडू कश्यपको सबैभन्दा बढी २०३ मत छ । ललितसिह ठगुन्ना १६४, उमेशसिंह खत्री ७२, शन्तोषकुमार सिह ऐतवाल ४८ र मानबहादुर बमको ३७ मत छ । सचिवमा पुलेन्द्रबहादुर कार्कीको २२१, माधवराज भट्टको ११६, महेन्द्रप्रसाद बडूको ९८, बिरसिह डडाल ८६, महेशसिंह धामी ४३ र देबसिह धामीको २९ मत प्राप्त भएको छ । सहसचिवमा राजु अवस्थी २०७, राजेन्द्रप्रसाद जोशी १५९, सन्तोष दयाली ८६ र जयानन्द जोशीको ५२ मत प्राप्त भएको छ ।

अहिलेसम्म क्षेत्र (क) को मतगणना भएकोले क्षेत्र (क) बाट उम्मेदवार बनेका नेताहरुको अग्रता देखिएको छ । क्षेत्र (ख) को मतगणना बाँकी रहेको छ । सभापतिमा बोहरा क्षेत्र (क) घर भएका हुन भने अमरसिह धामी क्षेत्र (ख) का हुन् । मतगणना सुरु हुनैलाग्दा दुबै पक्षबिच झडप भएपछि मतगणना सुस्त गतिमा भइरहेको छ । अमरसिह धामी पक्षका कार्यकर्ताले बोहरा पक्षले अस्वस्थ्य प्रतिस्पर्धा गरेको आरोप लगाएका छन् । मन्त्री दिलेन्द्रप्रसाद बडूको समेत बोहरालाई मौन समर्थन रहेको स्रोतको दाबी छ । बोहरा पौडेल पक्षका उम्मेदवार रहेको र मन्त्री बडू समेत पौडेल पक्षमै रहनुभएको छ । अमरसिह धामीलाई भने देउवा पक्षको उम्मेदवारका रुपमा हेरिएको छ । यपद्धी प्यानल नबनाएरै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भएको नेताहरुको दाबी छ ।

जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा छन । जिल्लाका प्रमुख नेताहरूनै चुनावी प्रतिस्पर्धामा भएकोले निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ । पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९५६ जनाले मतदान गरेका हुन् । नेपाली कांग्रेशको सभापतिसहित ४२ सदस्यिय जिल्ला कार्य समितिका लागि ६६ जनाको उम्मेदवारी छ । यस्तै २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाको उम्मेदारी छ । 

सम्बन्धित समाचारः कांग्रेश दार्चुलाको मतगणनास्थल बाहिर बोहरा र धामी पक्षबिच झडप, धामी पक्षका कार्यकर्ता घाइते

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?