दार्चुलाको क्षेत्र (क) को मतगणना सम्पन्न, सभापतिमा बोहरा र सचिवमा कार्कीको अग्रता कायमै

दार्चुला । नेपाली कांग्रेश दार्चुलाको जिल्ला अधिवेसन अन्तरगत क्षेत्र १ (क) को मतगणना सम्पन्न भएको छ । क्षेत्र नम्बर १ (क) को ५३८ मत गणना हुदा सभापतिमा ललितसिह बोहराको ३७९ मत प्राप्त भएको छ भने सभापतिका अर्का उम्मेदवार अमरसिह धामीको १४५ मत प्राप्त भएको छ । अहिलेसम्म सबैभन्दा बढी मत सचिव पदका उम्मेदवार पुलेन्द्रबहादुर कार्कीले प्राप्त गर्नुभएको छ ।

यस्तै उपसभापतिमा महादेब बडू कश्यपको सबैभन्दा बढी ३७२ मत छ । ललितसिह ठगुन्ना २९५, उमेशसिंह खत्री ११७, शन्तोषकुमार सिह ऐतवाल ८४ र मानबहादुर बमको ६४ मत छ । सचिवमा पुलेन्द्रबहादुर कार्कीको सबैभन्दा बढी ४१६, माधवराज भट्टको २२०, महेन्द्रप्रसाद बडूको १७३, बिरसिह डडाल १००, महेशसिंह धामी ६२ र देबसिह धामीको ४१ मत प्राप्त भएको छ । सहसचिवमा राजु अवस्थी २७३, राजेन्द्रप्रसाद जोशी २८५, सन्तोष दयाली १६२ र जयानन्द जोशीको ९५ मत प्राप्त भएको छ ।

अहिलेसम्म दार्चुला सदरमुकाम खलंगासमेत रहेको क्षेत्र (क) को मतगणना भएकोले क्षेत्र (क) गृहक्षेत्रभएका उम्मेदवार नेताहरुको अग्रता देखिएको छ । क्षेत्र (ख) को मतगणनाको तयारी भइरहेको छ । सभापतिमा बोहरा क्षेत्र (क) घर भएका हुन भने अमरसिह धामी क्षेत्र (ख) का हुन् । मतगणना सुरु हुनैलाग्दा दुबै पक्षबिच झडप भएपछि मतगणना निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको थियो । जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा छन । जिल्लाका प्रमुख नेताहरूनै चुनावी प्रतिस्पर्धामा भएकोले निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ ।

पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९५६ जनाले मतदान गरेका हुन् । नेपाली कांग्रेशको सभापतिसहित ४२ सदस्यिय जिल्ला कार्य समितिका लागि ६६ जनाको उम्मेदवारी छ । यस्तै २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाको उम्मेदारी छ ।

मन्त्री दिलेन्द्रप्रसाद बडूको समेत बोहरालाई मौन समर्थन रहेको स्रोतको दाबी छ । बोहरा पौडेल पक्षका उम्मेदवार रहेको र मन्त्री बडू समेत पौडेल पक्षमै रहनुभएको छ । अमरसिह धामीलाई भने देउवा पक्षको उम्मेदवारका रुपमा हेरिएको छ । यपद्धी प्यानल नबनाएरै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भएको नेताहरुको दाबी छ । गोकुलेश्वरसहितको (ख) क्षेत्र अमरसिह धामीको गृह क्षेत्र भएकोले मतान्तर घटबढ हुने अनुमान गरिएको छ । यद्धपी (क) क्षेत्रमा बोहराको मतान्तर दोब्बर भन्दा बढी भएकोले बोहरा सभापति बन्ने सम्भावना बढेको नेताहरु बताउछन् । कसले निर्वाचनमा बाजी मार्छ भन्ने कुरा (ख) क्षेत्रका मत गणना गरेपछि एकिन हुनेछ ।

सम्बन्धित समाचारः कांग्रेश दार्चुलाको मतगणनास्थल बाहिर बोहरा र धामी पक्षबिच झडप, धामी पक्षका कार्यकर्ता घाइते

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?