दार्चुला । नेपाली कांग्रेश दार्चुलाको सातौँ जिल्ला अधिवेसनबाट सभापतिमा ललितसिह बोहरा विजयी हुनुभएको छ । खसेको कुल ९५६ मतमध्ये ६२० मत प्राप्त गर्दै सभापतिका उम्मेदवार ललित सिंह बोहरा विजयी हुनुभएको हो । सभापतिका अर्का उम्मेदवार अमरसिह धामीले ३०९ मत मात्रै प्राप्त गर्नुभयो । बोहरा दोब्बर बढी मतान्तर तथा ३११ मतान्तरले विजयी हुनुभएको हो ।
उपसभापतिमा ललितसिह ठगुन्ना ५४० र महादेब बडू कश्यप ४८२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उपसभापतिका उम्मेदवार उमेशसिंह खत्री ३३१, शन्तोषकुमार सिह ऐतवाल १५८ र मानबहादुर बमको ८१ मत प्राप्त गरेर पराजित भएका छन् । सचिवमा पुलेन्द्रबहादुर कार्कीको सबैभन्दा बढी ६६५ र माधवराज भट्ट ४०५ मत प्राप्त गर्दै विजयी हुनुभयो । महेन्द्रप्रसाद बडूको २२४, बिरसिह डडाल ८४, महेशसिंह धामी १३६ र देबसिह धामीको १२२ मत प्राप्त भएपनि पराजित हुनुभयो । सहसचिवमा राजु अवस्थी ५६९ राजेन्द्रप्रसाद जोशी ४२८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । सन्तोष दयाली २७४ र जयानन्द जोशीको २२५ मत प्राप्त भएपनि पराजित हुनुभयो । सदस्य र महाधिवेसन प्रतिनिधिहरुको नजिता तलको लिस्टमा हेर्न सक्नुहुनेछ ।





जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा थिए । जिल्लाका प्रमुख नेताहरूनै चुनावी प्रतिस्पर्धामा भएकोले निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको थियो । पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९५६ जनाले मतदान गरेका हुन् । केहि पुराना नेताहरु समेत पराजित भएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया