एमालेमा दुई उपाध्यक्ष र दुई उपमहासचिव थपिदै, पोलिटब्युरो ब्युतिने

दार्चुला । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास भएको छ । सौराहामा आज सुरु हुने बन्द सत्रअघि गएराति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्या थप्ने लगायतका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

यस अनुसार अबको कमिटीको आकार ३०१ सदस्यीय बन्नेछ । गएको असोजमा काठमाण्डौको गोदावरीमा भएको विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । विधान महाधिवेशनले पारित गरेको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थाबाट अब १९ सदस्यीय पदाधिकारीसहितको हुनेछ। अब नेकपा एमाले ३०१ केन्द्रीय सदस्यीय रहनेछन् । यस्तै ९९ जना पोलिटब्युरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहनेछन् । साथै १९ जना पदाधिकारी हुने ओलीको प्रस्ताव पारित भएको छ । जसमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ अरु उपाध्यक्ष रहनेछन् । साथै १ महासचिव र ३ उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् ।

अब एकै पदमा तीन पटकसम्म उम्मेदवार बन्न पाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ । यसअघि गोदावरी विधान महाधिवेशनले दुई पटकसम्म मात्रै उठ्न पाउने व्यवस्था गरेको थियो ।

यसैबीच सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भइरहँदा उपाध्यक्ष भीम रावलले भने अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहने बताउनुभएको छ । बन्द सत्र सुरु भएपछि उम्मेदवारी दिने उहाँले बताउनुभएको हो।

बन्द सत्रमा विधान संशोधनको विषयमा छलफल नगर्ने निर्णय गरेको एमालेले पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेपछि यसलाई पारित गर्न पुनस् विधान संशोधनको विषयमा पनि छलफल गर्ने भएको छ । यस्तै, आज नै बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको निर्वाचन समितिले बनाएको छ ।

आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ । वरिष्ठ उपाध्यक्षसहितका पदमा पनि सहमति जुटाउने प्रयास भइरहेको छ, तर अहिलेसम्म टुङ्गो लागेको छ । सुदूरपश्चिमबाट अहिलेसम्म अध्यक्ष, उपाध्यक्ष र सचिवमा आकांक्षि देखिएका छन् । केन्द्रीय सदस्यमा झण्डै ५० जनाको दाबी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?