अपिहिमालको लोकप्रिय कार्यक्रमः गाउँपालिकाभरी १३ सय ग्यास सिलिण्डरसहित चुल्हो वितरण

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले स्वच्छ अपि, धुँवामुक्त अपि कार्यक्रम अन्तरगत गाउँपालिकाभरीका १३ सय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरेको छ । चालु आर्थिक बर्ष २०७८/०७९ को कार्यक्रम अन्तरगत गाउँपालिका अन्तरगत छ वटै वडाका सबै परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको अध्यक्षतामा आयोजित एक औपचारिक कार्यक्रमका बिच शुक्रबार र शनिबार ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरिएको हो । सिलिण्डर र चुल्हो वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाको ९५ लाख बजेटमा टेण्डरमार्फत कम्पनी छनोट गरेर कम्पनीले नै खरिद गरेको र गाउँपालिकाले निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको गाउँपालिकामा कार्यरत कर्मचारी पानसिह धामीले बताउनुभयो ।

ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि निकै खुसी लागेको स्थानीय डम्बरसिह बोहराले बताउनुभयो, दाउरा खोज्न निकै समस्या हुन्थ्यो, बनजंगल पनि बिनास भइरहेको थियो, उहाँले भन्नुभयो, गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि बन संरक्षण हुनुका साथै दाउँरा र धुँवाको झन्झट हट्ने छ । गाउँपालिकाले जनतामा प्रतक्ष पुग्ने यस्तै खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयले बताएका छन् ।

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद २ जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, उभिएको तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?