दार्चुला । दार्चुला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माबि खलंगामा भारतीय राजदुतावास काठमाण्डौँका नियोग उपप्रमुख नामग्य सी. खम्पालाई स्वागत गरिएको छ । मालिकार्जुन नमुना माबि धापको विद्यालय भावन समुदघाटन तथा हस्तान्तरण कार्यक्रम सकेर खलंगा फर्किएको दुतावासको टोलीलाई महेन्द्र नमुना माबिमा समेत एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको शिक्षक सुन्दरसिह धामीले जानकारी दिनुभयो ।
राजदुतावासको सहयोगमा महेन्द्र नमुना माबिमा यसअघि भवन निर्माण गरिएको थियो । विगतमा दुतावासबाट पाएको सहयोगका लागि धन्यबाद ज्ञापन गर्दै अगामी दिनमा समेत सहयोग र सहकार्यको अपेक्षा गरिएको विद्यालयका प्रधानाद्यापक रामदत्त जोशीले बताउनुभयो । महाकाली नगरपालिकाको वडा नम्बर ४ मा रहेको महेन्द्र नमुना माबिमा दार्चुलाका सबै विद्यालय भन्दा बढी विद्यार्थी अद्ययनरत रहेको छन् । उक्त विद्यालयमा जिल्लाका विभिन्न स्थानीय तहबाट विद्यार्थीहरु अद्ययनका लागि पुग्ने गरेका छन् । सदरमुकामको विद्यालय भएकोले विद्यार्थीको आकर्षण बढ्दै गएको र विद्यार्थीकै चापका कारण नीजि शिक्षकहरु समेत भर्ना गरिएको विद्यालयले जनाएको छ ।
भारतीय राजदूतावासका उपप्रमुख खम्पाको स्वागत कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, महाकालीका नगरप्रमुख हंशराज भट्ट, विद्यालयका प्रधानाद्यापक रामदत्त जोशी, शिक्षक, जनप्रतिनिधि, विद्यार्थी र सञ्चार तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । सोमबार राजदुताबासको तर्फबाट दुहुँ गाउँपालिकाका बाढीपहिरो पीडितहरूलाई राहत वितरण गरेर टोली काठमाण्डौँ फर्किने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचारः महेन्द्र नमुना माबि विद्यार्थीको रोजाइमा, नेपाली र अङ्ग्रेजी माध्यममा पढाइ








विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया