उद्योग बाणिज्य संघ दार्चुलाको अध्यक्षमा दोब्बर बढी मतान्तरले एमाले निकट सुरेश थापा विजयी

दार्चुला । उद्योग बाणिज्य संघ दार्चुलाको अध्यक्षमा सुरेशसिंह थापा विजयी हुनुभएको छ । उद्योग बाणिज्य संघ दार्चुलाका कार्यकारी अधिकृत अमर महराका अनुसार अन्तिम नतिजा अनुसार ५४८ मत खसेकोमा सुरेशसिंह थापा ३७३ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । अध्यक्षका अर्का उम्मेदवार ईन्द्रराज पन्तले १५४ मत मात्रै प्राप्त गर्नुभयो । खसेको कुल मतमध्ये २१ मत बदर भएको थियो । उद्योग वाणिज्य संघ दार्चुलाको ८ औँ अधिवेशनबाट अध्यक्ष बाहेक सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।

अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि आइतबार विहान साढे ९ बजेदेखि मतदान सुरु भएको थियो । दार्चुलामा नेकपा एमाले निकट व्यवसायीहरुले विगतदेखि नै उद्योग बाणिज्य संघ दार्चुलाको नेतृत्व गर्दै आएका छन् । अध्यक्षमा निर्वाचित थापा एमाले निकट हुन भने पराजित भएका पन्त नेपाली कांग्रेश निकट हुन् । अध्यक्षबाहेक पदाधिकारी र सदस्यमा पनि अध्यक्ष सुरेशसिह थापा प्यानलका उम्मेदवारहरु नै निर्विरोध निर्वाचित भइसकेका छन् । यद्धपी थापा प्यानलबाट कांग्रेश र माओबादी निकटका उम्मेदवारहरु समेत निर्विरोध निर्वाचित भइसकेकोले थापालाई साझा उम्मेदवारको रुपमा हेरिएको थियो ।

यसअघि दार्चुला उद्योग बाणिज्य संघ दार्चुलाको बरिष्ठ उपाध्यक्षमा बिसन बोहरा, उद्योग उपाध्यक्षमा केशबहादुर पाल, बाणिज्य उपाध्यक्षमा हरकसिह बडाल, महासचिव सर्पराज बडू, सचिव दिलेन्द्रराज अवस्थी, कोषाध्यक्ष कमलसिह धामी, सहकोषाध्यक्ष प्रेमसिह डडाल, सदस्यहरुमा करनसिह बडाल, भुवनसिह धामी, प्रकाश सामन्त, इन्द्रसिह ठगुन्ना, कम्मानसिह ठगुन्ना, राजेशसिह नेपाली, दलजितसिह महता, दिनेश निरौला, सुरेन्द्रसिह बडाल निर्विरोध निर्वाचित भएका छन् ।

निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनकालागि आफुले काम गर्ने अध्यक्ष थापाले बताउनुभएको छ । उद्योग वाणिज्य संघको अधिवेशनको लागि कुल ९५८ जना मतदाता रहेकोमा ५४८ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?