माओबादी केन्द्रको पुर्चौडी नगर सम्मेलन उद्घाटन, दोगडाकेदार र सिगासमा सम्पन्न

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकामा नेकपा माओबादी केन्द्रको नगर सम्मेलन उद्घाटन भएको छ । नगर कमिटी संयोजक आनन्दसिह धामीको अध्यक्षता एबं माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज खगराज भट्टको प्रमुख आतिथ्यतामा उद्घाटन भएको सम्मेलनमा बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुवर बिजयसुन्दर र केन्द्रिय सदस्य रेणु चन्दको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट, क्रान्तिकारी महिला संगठनकी प्रदेश अध्यक्ष श्वेता भट्ट, नगरप्रमुख रणबहादुर कुवँर लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि खगराज भट्टले पुर्चौडी नगरपालिका बलिदान र रक्तरञ्जित भूमि भएकोले यो भूमिमा सधै कम्यूनिष्टहरुको बर्चाश्व रहेको बताउनुभयो । माओबादी केन्द्रको छाप बसेको यो भूमिका जनता क्रान्तिकारी रहेको उहाँको भनाई थियो । भोलि विहान १० बजेपछि नगर सम्मेलन अन्तरगत बन्दसत्र सुरु हुने नगरप्रमुख रणबहादुर कुवँरलाई उद्धित गर्दै पुर्चौडीबाट लोकदर्पण समाचारदाता हरिसिह साउदले जानकारी दिनुभयो ।

यसअघि नेकपा माओवादी केन्द्र बैतडीले दोगडाकेदार र सिगास गाउँपालिकामा पालिका सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनले दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटि चयन गरेको माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिनुभयो । यस्तै उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड, सहसचिवमा जयन्त बिष्ट लगायत अन्य सदस्यहरु रहेका छन् ।

यस्तै सिगास गाउँपालिकामा प्रकाश साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटि गठन गरिएको छ । सो कमिटिको उपाध्यक्षमा उद्धव धामी,लक्ष्मण धामी र लक्ष्मी पोखरेल, सचिवमा रविन्द्र चन्द, कोषाध्यक्षमा भीम धामी, सहसचिवमा दानसिंह साउँद चयन भएका छन् ।

अन्य पालिकाहरुमा पनि मंसिर २५ गते अगाडि नै पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बैतडीले जनाएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?