अपिमा भोलि माओबादीको सम्मेलन, १९ गते लेकममा हुने

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा मंगलबार नेकपा माओबादी केन्द्रको पालिका सम्मेलन हुने भएको छ । माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश सहइन्जार्ज लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यता तथा जिल्ला इन्जार्ज एबं प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मान बहादुर धामीको विशिष्ट आतिथ्यतामा सम्मेलन उद्घाटन हुने बताइएको छ । उक्त कार्यक्रममा माओबादी केन्द्रका जिल्ला अध्यक्ष गणेश खत्री, मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामी लगायत नेताहरुको समेत सहभागिता रहने बताइएको छ ।

यसअघि दार्चुलाका तीन पालिका र ३८ वडामा सहमतिमै नेतृत्व चयन गर्दै नेकपा माओबादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ । बाँकी रहेको छ पालिका र २३ वडामा पनि चाँडै सम्मेलन सम्पन्न गर्ने गरी तयारी भइरहेको माओबादी केन्द्रका नेता एबं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले जानकारी दिनुभयो । मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकामा माओबादीले सबै वडा र पालिका सम्मेलन समेत सम्पन्न गरिसकेको छ । माओबादीले शैल्यशिखर नगरपालिकामा कर्णबहादुर भण्डारीको अध्यक्षतामा नगर कमिटी चयन गरेको छ । मार्मा गाउँपालिकामा नरबहादुर बिष्ट र नौगाड गाउँपालिकामा धनिराम सिह ठगुन्नाको नेतृत्वमा गाउँकमिटी चयन गरेको छ । हालसम्म लेकम, मार्मा, शैल्यशिखर र नौगाडका सबै वडामा सम्मेलन भइसकेको छ ।

अपिहिमाल गाउँपालिकामा मंसिर १४ गते, दुहुँ गाउँपालिकामा १६ गते, व्यास गाउँपालिकामा १७ गते, महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा १८ गते र लेकम गाउँपालिकामा १९ गते पालिका सम्मेलन आयोजना गरिएको नेता धामीले बताउनुभयो । पालिका कमिटी चयन गर्दै पालिका सम्मेलन सम्पन्न हुने बताइएको छ । दार्चुलामा यसअघि नेकपा एमालेले सबै पालिका अधिवेसन सम्पन्न गरिसकेको छ भने नेपाली कांग्रेशले जिल्ला अधिवेसन समेत सम्पन्न गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?