दार्चुला । उद्योग बाणिज्य संघ दार्चुलाका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । अध्यक्ष सुरेशसिंह थापा लगायत आठौँ जिल्ला अधिवेसनबाट चयन भएका पदाधिकारी र कार्यसमिति सदस्यहरुले सपथग्रहण गरेका हुन् ।
सपथ ग्रहण कार्यक्रममा कोषाध्यक्ष कमल धामी र सचिव दिलेन्द्रराज अवस्थीबाहेक सबै पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको उद्योग बाणिज्य संघ दार्चुलाका कार्यकारी अधिकृत अमर महराले जानकारी दिनुभयो । सचिव र कोषाध्यक्ष जिल्ला बाहिर रहेकोले सपथग्रहण कार्यक्रममा सहभागि हुन नसकेको बताइएको छ । आइतबार सार्वजनिक गरिएको नतिजा अनुसार ५४८ मत खसेकोमा सुरेशसिंह थापा ३७३ मत प्राप्त गर्दै उद्योग बाणिज्य संघ दार्चुलाको अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षका अर्का उम्मेदवार ईन्द्रराज पन्तले १५४ मत मात्रै प्राप्त गर्नुभएको थियो । दार्चुलामा नेकपा एमाले निकट व्यवसायीहरुले विगतदेखि नै उद्योग बाणिज्य संघ दार्चुलाको नेतृत्व गर्दै आएका छन् ।
अध्यक्षमा निर्वाचित थापा एमाले निकट हुन भने पराजित भएका पन्त नेपाली कांग्रेश निकट हुन् । अध्यक्षबाहेक पदाधिकारी र सदस्यमा पनि अध्यक्ष सुरेशसिह थापा प्यानलका उम्मेदवारहरु नै निर्विरोध निर्वाचित भएका थिए । उद्योग बाणिज्य संघ दार्चुलाको बरिष्ठ उपाध्यक्षमा बिसन बोहरा, उद्योग उपाध्यक्षमा केशबहादुर पाल, बाणिज्य उपाध्यक्षमा हरकसिह बडाल, महासचिव सर्पराज बडू, सचिव दिलेन्द्रराज अवस्थी, कोषाध्यक्ष कमलसिह धामी, सहकोषाध्यक्ष प्रेमसिह डडाल, सदस्यहरुमा करनसिह बडाल, भुवनसिह धामी, प्रकाश सामन्त, इन्द्रसिह ठगुन्ना, कम्मानसिह ठगुन्ना, राजेशसिह नेपाली, दलजितसिह महता, दिनेश निरौला, सुरेन्द्रसिह बडाल निर्विरोध निर्वाचित भएका हुन् ।
निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनुका साथै सीमा व्यापारको सहजिकरणका लागि आफुले काम गर्ने अध्यक्ष थापाले बताउनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया