दार्चुला । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । सोमबार साँझ अन्तिम नामावली प्रकाशित भएपछि मंगलबार बिहान ४ बजेपछि मतदान सुरु भएको हो । सोमबार राति केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि अन्तिम नामावली प्रकाशन गरेको थियो ।
एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावलले उम्मेदवारी दिनुभएको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको उम्मेदवारी परेको छ । त्यसैगरी उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णसुप्रसाद रिमालले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेट र लेखराज भट्टले उम्मेदवारी दिनुभएको छ । मध्यरातमा सुरु भएको मतदान बिहान ८ बजेपछि सम्पन्न हुनेछ । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म निर्वाचन भए पनि केही पद भने सर्वसम्मत भएको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका पदमा सर्वसम्मत भएको हो । एमालेको विधानमा व्यवस्था भएको सिट संख्या बराबर मात्र उम्मेदवारी परेपछि केही पद सर्वसम्मत भएका हुन् ।
मध्यरातमा मतदान हुँदा मतदातालाई केसी समस्या भए पनि लोकतान्त्रिक प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्ने अध्यक्ष उम्मेदवार भीम रावलले जानकारी दिनुभयो । रावलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी हुँदाहुँदै सदस्यमा समेत नाम राखेर निर्वाचन आयोगले त्रुटी गरेको जानकारी दिनुभएको छ । एमालेमा अध्यक्षका उम्मेदवार भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए सदस्य पद स्वीकार नगर्ने बताउनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया